१ करोड ४४ लाख नगदसहित बौद्धबाट चिनियाँ नागरिक पक्राउ
खबर एक्सप्रेस
२०८२-०३-२४ ०३:२७ मा प्रकाशित
Total Shares: 141
काठमाडौं-बौद्धस्थित नयाँ बस्तीबाट १ करोड ४४ लाख नगदसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा वाङ जिएन रहेका छन्।
काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँ बस्तीस्थित एक घरमा कोठा भाडामा लिइ बस्ने व्यक्तिको कोठामा श्रोत नखुलेको नेपाली रकमको आर्थिक कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
सो सम्बन्धमा थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस