काठमाडौं, प्रधनगढी - सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुरक्षा व्यवस्थामा कडा पारिएको छ । आज प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएपछि धनगढी क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

शुक्रबार बिहानैदेखि धनगढीसहित कैलाली जिल्लाका सबै मुख्य स्थानम टूलो संख्यामा प्रहरी तथा सेना परिचालन गरिएको हो ।

धनगढी विमानस्थलदेखि राष्ट्र बैँक चोक तथा जनसभा हुने खुलामञ्च सम्म ठाउँ ठाउँमा दर्जनौँ सुरक्षाकर्मीका टोली परिचालन गरिएको छ । 

नेकपा ‘विभाजन’पछि प्रधानमन्त्री ओली धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न आउँदेछन् । सोही सभाको लागि माहोल बनाउनको लागि उद्योगमन्त्री लेखराज भट्ट लगायतका मन्त्रीहरु सोमबारदेखि धनगढी क्षेत्रमा नै छन् । ओली बिहान ८ बजेर १५ मिनेटमा श्री एयरलाइन्सको विमानमार्फत धनगढी आउने कार्यक्रम तय भएपनि प्रतिकुल मौसमका कारण उडान प्रभावित भएको छ । 

ओलीको सुरक्षार्थ नेपाल प्रहरीले तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको छ ।  संघीय प्रहरी इकाइ कार्यालय धनगढीमा स्थापना गरिएको कुकुर शाखामा रहेका राजा र रानी नाम दिइएका कुकुर प्रयोग गरिएको हो । धनगढी विमानस्थलमा चेकजाँचका लागि ‘राजारानी’ को प्रयोग गरिएको प्रहरीले जनाएको छ।