पोखरा - गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाका ९, पर्वतका ४, तनहुँका ३, पूर्वी नवलपरासीका १३ र बाग्लुङका १ जनामा संक्रमण देखिएको हो ।

उनीहरु सबैजना भारतबाट फर्किएका हुन् । सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेको डा. विनोद विन्दु शर्माले बतए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ ।

No photo description available.