जो जहाँ छौं, त्यहीं बसेर दशैं मनाऔं : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले यसपालीको दशैं आफू रहेकै स्थानमा मनाउन देशवासीलाई अपील गरेका छन्।
शुक्रबार अपराह्न राष्ट्रका नाममा गरेको सम्बोधन मार्फत प्रधानमन्त्रीले यस्तो अपील गरेका हुन्।
"यस महामारीको संक्रमणबाट आफू जोगिनु र आफन्तलाई पनि जोगाउनु अहिलेको प्राथमिक काम हो", प्रधानमन्त्रीले सम्बोधनमा भने, "त्यसैले, यसपालीको बडादशैं, हामी जो जहाँ जहाँ छौं, त्यहीँ त्यहीँ रहेर मनाउन म सबैसँग विनम्र अनुरोध गर्न चाहन्छु।"
प्रधानमन्त्री ओलीले संक्रमणको सम्भावित खतरालाई ध्यानमा राखेर आफूले यसपालि प्रधानमन्त्री निवासमा हुने ‘बडादशैंको सार्वजनिक टीका कार्यक्रम’ नराख्न निर्देशन दिएको समेत बताए।
प्रधानमन्त्रीले २०७२ सालको महाभूकम्प स्मरण गर्दै विनाशकारी भूकम्प गएको वर्ष पनि दशैं आएको र भूकम्पमा बेघर भएका धेरैले पालमुनि बसेर भए पनि परम्परा धानेको उल्लेख गरे।

.gif)



फेसबुक पेज Like गर्नुहोस