काठमाडौं - पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४५०  नमूनामध्‍ये ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०८ जनामा कोरोना सक्रमण देखिएको हो ।

योसँगै ३८६ जना सक्रिय संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा ६६ जना संक्रमणमुक्त भएका छन् ।