भारतमा ३८ हजार थपिए कोरोना संक्रमित
काठमाडौं - कोरोना भाइरसबाट धेरै प्रभावित मुलुकको अग्रपंक्तिमा रहेको भारतमा थप झण्डै ३८ हजार मानिस संक्रमित भएका छन् ।
सरकारी अधिकारीले मङ्गलवार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ९७५ जना संक्रमित भएका हुन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ९१ लाख ७७ हजारभन्दा बढी पुगेको अधिकारीले जानकारी दिएका छन् ।
संक्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाको संख्या भने ८६ लाख पुगेको पनि भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बताएको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म १ लाख ३४ हजार २१८ जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । त्यसमध्ये ४८० जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
पछिल्लो एक दिनमा मृत्यु भएकामध्ये १२१ जना केन्द्रीय राजधानी दिल्लीका मात्रै रहेको बताइएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या भने ५ लाखभन्दा कम रहेको मन्त्रालयले बताएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस