पाँचतले घरको छतबाट हामफालेर महिलाले गरिन् आत्महत्या
खबर एक्सप्रेस
२०७८-०९-०७ १०:०४ मा प्रकाशित
Total Shares: 358
काठमाडौं, इलाम - इलाम नगरपालिका– ८ को धोविधारा नजिकै एक महिलाले आफ्नै घरको छतबाट हाम फालेकी छन् ।
पाँचतले घरबाट हाम फालेकी ५२ वर्षीया कोकिला प्रधानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
प्रधानले मंगलबार राति १० बजेतिर घरको छतबाट हाम फालेको र घरको तेस्रो तलामा बजारिएको प्रहरीले जानकारी दिएको छ ।
उनले छतको रेलिङमा चढेर हाम फालेको दाबी गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।
फेसबुक पेज Like गर्नुहोस