काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता गर्ने सम्बन्धमा दिएको बयानपछि कच्चा तेलको मूल्यमा गिरावट आएको छ।
ब्रेन्ट कच्चा तेलको मूल्य १३ प्रतिशतले घटेर प्रति ब्यारेल लगभग ९६ डलर पुगेको बीबीसीले उल्लेख गरेको छ। पहिले २ प्रतिशतभन्दा बढीले घटेको लन्डनको फाइनान्सियल टाइम्स स्टक एक्सचेन्ज १०० सूचकांक ०.५ प्रतिशतले माथि पुगेको छ।
ग्यासको मूल्य प्रति थर्म १५९ पेन्सबाट घटेर लगभग १३९ पेन्स पुगेको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा मध्यपूर्वमा जारी तनाव पूर्णरूपमा अन्त्य गर्ने विषयमा वार्ता भएको बताएका छन्। इरानसँगको उक्त वार्ता सकारात्मक भएको उनको भनाइ छ।
ट्रम्पले इरानका विद्युत् संयन्त्र तथा ऊर्जा पूर्वाधारमाथि हुने कुनै पनि सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्ने निर्णय पनि लिएको बताए।
उनले भनेका छन्, ‘अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा मध्यपूर्वको तनाव पूर्णरूपमा समाधान गर्ने विषयमा निकै राम्रो र सकारात्मक वार्ता भएको जानकारी गराउन पाउँदा म खुसी छु।'’

.gif)



