काठमाडौं, एजेन्सी - गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् । 

यो समाचार तयार पार्दासम्म विश्वमा ८ करोड १ लाख ८५ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१७ लाख ५६ हजार ८१३ जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । विश्वका ५ करोड ६४ लाख ४९ हजार ६८२ संक्रमित निको भएका छन् ।  

यसैगरी विश्वमा सबैभन्दा बढी संक्रमण देखिने तथा प्रभावित बनेको राष्ट्र अमेरिका हो । अमेरिकामा पछिल्लो २४ घण्टामा  ९७ हजार ८०० जनामा कोरोना पुष्टि भएको छ भने २४ घण्टाकै अवधिमा १ हजार १९७ जनाले ज्यान गुमाएका छन् । हालसम्म १ करोड ९२ लाख ९ हजार १२६ जनामा कोरोनाले संक्रमण गराएको छ । ३ लाख ३८ हजार २६३ जनाले ज्यान गुमाएका छन् ।

यस्तै १ करोड १२ लाख ५१ हजार ७१२ संक्रमित निको भएका छन् । अन्य केही प्रभावित राष्ट्रहरुको अवस्था तल तालिकामा हेर्न सकिन्छ ।