पीएसजीको जितमा एम्बाप्पेको दुई गोल
खबर एक्सप्रेस
२०७६-११-१८ ११:०० मा प्रकाशित
Total Shares: 483
काठमाडौं - लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजीले) शानदार जित दर्ता गरेको छ । शनिबार भएको खेलमा पीएसजीले घरेलु मैदानमा डिजोनलाई ४–० गोल अन्तरले हराएको हो ।
पीएसजीको जितमा केलियन एम्बाप्पेले दुई तथा मौरो ईकार्डी र पाब्लो साराबियाले समान एक एक गोल गरे । खेलको तेस्रो मिनेटमै साराबियाको गोलमार्फत पीएसजीले खेलमा अग्रता लिएको थियो ।
७४ औ मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाउने काम गरे । त्यसको दुई मिनेटपछि ईकार्डीले पीएसजीलाई ३–० को स्थितीमा पुर्याए ।
खेलको ईन्जुरी समयमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई शानदार जित दिलाए । जितसंगै पीएसजीले लिगमा १३ अंकको अग्रता लिएको छ । पीएसजीले ६८ अंक जोडेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस