डा. गोविन्द केसीको उपचार खर्च सरकारले व्यहोर्छ : प्रधानमन्त्री ओली
खबर एक्सप्रेस
२०७७-०७-२९ १२:३३ मा प्रकाशित
Total Shares: 358
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित डा. गोविन्द केसीको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले यस्तो जानकारी शनिबार ट्विटरमार्फत् दिएका हुन् ।
'कोरोनाबाट संक्रमित हुनु भएका डा. गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।' उनले ट्विटरमा लेखेका छन्, 'उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने समेत जानकारी गराउँदछु ।'
डा. केसीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अहिले महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस