काठमाडौं-प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकको सम्बन्धमा गैरआवासीय नेपाली संघ (एनआरएन) र ब्रिटिस गोर्खा सैनिकसँग छलफल गरिरहेको छ ।

गृहमन्त्री रमेश लेखकले यो विधेयक १५ माघ २०८१ मा प्रतिनिधि सभामा दर्ता गरेका थिए ।

प्रतिनिधि सभाले दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको छ ।

दफावार छलफल अगाडि राज्य व्यवस्था समितिले सरोकारवालाहरूसँग छलफल गरेको हो ।