घरमा ट्रक ठोक्किँदा तीन जनाको मृत्यु
खबर एक्सप्रेस
२०८०-०१-२० ०४:५८ मा प्रकाशित
Total Shares: 82
काठमाडौं,तनहुँ-तनहुँमा घरमा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।
पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडक खण्डअन्तर्गत आँधिखोलामा ना ४ ख १९७३ नं.को ट्रक अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किन पुग्दा सो हताहती भएको हो ।
दुर्घटनामा बन्दिपुर गाउँपालिका–१ बस्ने १२ वर्षीय आयुष भुजेल, ५० वर्षीय चेतबहादुर भुजेल र वर्ष ६९ का सनबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाँचजना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस