काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी र पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै चुरीफुरी नगर्न आग्रह गरेका छन् ।

प्रचण्डले राजावादी आन्दोलनमा सहभागीहरुलाई भाडामा ल्याइएको भन्दै उनले धेरै चुरीफुरी नगर्न आग्रह गरेका हुन् ।

विदुरमा शनिबार पत्रकार सम्मेलनमा बोल्दै उनले माग र विरोधका कार्यक्रम गर्ने बहानामा राजावादीहरुले जनतालाई उक्साइरहेको रहेको बताए ।

आगामी २०८४ सालको निर्वाचनमा बहुमतसहित जितेर देशको शासन सत्ता आफ्नो हातमा लिन उनले सुझाव दिए ।

आन्दोलनलाई केवल राजा सम्बन्धी नभई वर्तमान सरकारप्रति जनताको असन्तुष्टिको रूपमा हेरिनु पर्ने उनको भनाइ छ।