काठमाडौं- नेकपा माओवादी केन्द्रले विद्यालय शिक्षा विधेयक र शिक्षकहरूका समस्या समाधान गर्न पहलकदमी गर्ने निर्णय गरेको छ । बिहीबार बिहान सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले शिक्षकहरू लामो समयदेखि सडकमा रहे पनि सरकारले उनीहरूका माग सम्बोधनमा चासो नदेखाएको भन्दै अन्य दलहरूसँग समेत छलफल गरेर समस्या समाधानका लागि पहल गर्ने निर्णय गरेको बताइएको छ ।

बैठकमा वैशाख १२ गतेदेखि सुरु हुने संघीय संसद्मा दलको तर्फबाट कसरी प्रस्तुत हुने र बजेट अधिवेशनमा सरकारका तर्फबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम, प्रि बजेटबारे छलफल भएको थियो ।