प्रचण्ड र विष्णु पौडेलबीच खुमलटारमा छलफल
खबर एक्सप्रेस
२०७७-०८-०२ ०१:४४ मा प्रकाशित
Total Shares: 311
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलबीच छलफल भएको छ ।
बुधवारका लागि निर्धारित सचिवालय बैठक प्रभावित हुन नदिन सहमतिको प्रयासका लागि मंगलवार बिहान महासचिव पौडेल अध्यक्ष ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेको स्रोतले बताएको छ । भेटमा प्रचण्ड र पौडेलबीच पार्टीमा उत्पन्न पछिल्लो घटनाक्रमका विषयमा छलफल भएको थियो ।
पछिल्लोसमय नेकपामा आन्तरिक विवाद चर्किएको छ । यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेपछि विवाद पुनः उत्कर्षमा पुगेको छ । यसको समाधानको प्रयासमा नेकपाका दोस्रो तहका नेताहरूले सक्रियता बढाएका छन् ।
फेसबुक पेज Like गर्नुहोस