चीनप्रति ट्रम्पकाे आक्रोश: ‘चीनले गर्दा मलाई कोरोना संक्रमण भयो’
खबर एक्सप्रेस
२०७७-०६-२२ १२:३४ मा प्रकाशित
Total Shares: 249
काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका कारण आफूलाई कोरोना संक्रमण भएको आरोप लगाउँदै अब उसले यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ।
बीबीसीका अनुसार अस्पतालमा तीन दिनको उपचारपछि सरकारी निवास ह्वाइट हाउस फर्किसकेका ट्रम्पले एक भीडीओ सन्देश जारी गर्दै चीनप्रति आक्रोश पोखेका हुन्।
भीडीओमा उनले भनेका छन्, ‘मलाई चिनियाँ भाइरसको संक्रमण भयो, यो तपाईंको गल्ती होइन। यो चीनको गल्ती हो र चीनले यसको परिणाम भोग्नुपर्नेछ।
चीनले हाम्रो देशलाई के गरेको छ, यसको मूल्य तिर्नुपर्नेछ।’ ट्रम्पले कोरोना महामारी फैलिनुमा चीन दोषी रहेको आरोप यसअघिदेखिन लगाइरहेका छन्।

.gif)




फेसबुक पेज Like गर्नुहोस