कोरोना संक्रमणको नयाँ विश्व रेकर्ड बनाउँदै अमेरिका
काठमाडौं,एजेन्सी - पछिल्ला दिनहरुमा अमेरिकामा कोरोना संक्रमण तीव्र बनिरहेको छ । बुधबार यहाँ नयाँ विश्व रेकर्ड बनेको छ । एकदिनमा एक लाख ३६ हजार संक्रमित भेटिएसँगै नयाँ विश्व रेकर्ड बनेको हो ।
बितेको १० दिनमा अमेरिकामा १० लाखभन्दा धेरै मानिस अर्थात् ११ लाख २९ हजार ४६३ जना कोरोना संक्रमित बढेका छन् ।
चीनमा पछिल्ला दिनहरुमा कोरोना संक्रमित नदेखिए पनि विहीबार १५ नयाँ संक्रमित भेटिएका छन् ।
अमेरिकामा एक दिनमा एक लाख ३६ हजार नयाँ कोरोना संक्रमित देखिएसँगै कुल संक्रमितको संख्या केही दिन अगाडि नै एक करोड नाघिसकेको छ ।
पछिल्ला १० दिनमा लगातार दैनिक एक लाखभन्दा धेरै संक्रमित देखिएसँगै पुनः प्रतिबन्धको चर्चा सुरु भएको छ । न्यूयोर्कका गभर्नर एन्ड्रू कुमोले राज्यमा नयाँ प्रतिबन्धको घोषणा गरेका छन् ।
उनले भनेका छन्, ‘यसो नगरीकन हामी कोरोना संक्रमणको दरलाई घटाउन सक्दैनौं । अब यहाँ प्राइभेट पार्टीहरु गर्न सकिनेछ । व्यापारिक जमघटका लागि पनि नयाँ मापदण्डहरु तोकिएका छन् । न्यूयोर्कमा मात्र विहीबार १ हजार ६२८ संक्रमित भेटिएका छन् भने २१ जनाको मृत्यु भएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस