मेलम्चीको बाढीले बगायो हेलम्बु प्रहरी कार्यालयको तीन तले भवन, वडा कार्यालय र विद्यालय
खबर एक्सप्रेस
२०७८-०३-०५ १२:०८ मा प्रकाशित
Total Shares: 377
काठमाडौं - सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन र विद्यालय भवन बाढीले बगाएको छ।
शुक्रबार राति मेलम्ची खोलामा आएको बाढीले तीन वटै भवन बगाएको हो । तर, मानवीय क्षति भने भएन ।
बाढीको उच्च जोखिम भएकोले प्रहरीले सो तीन तले भवन छोडिसकेको थियो । भवनमा रहेका केही महत्वपूर्ण सामानहरू भने पहिल्यै नै सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । भवन पाँच महीनाअघि मात्र निर्माण सकिएर उद्घाटन भएको थियो ।
यस्तै, वडा नम्बर ४ ग्याल्थुममा रहेको ईस्ट प्वाइन्ट एकेडेमीको भवन पनि बाढीले बगाएको छ । वडा कार्यालय पनि बगाएको बताइएको छ ।
असार १ गतेदेखि निरन्तर आइरहेको बाढीले सिन्धुपाल्चोक तहसनहस बनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस