१४ महिनापछि थुना मुक्त भए कृष्णबहादुर महराका छोरा राहुल
खबर एक्सप्रेस
२०८१-०७-१५ ०७:१७ मा प्रकाशित
Total Shares: 41
काठमाडौं - पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा जेलबाट छुटेका छन् ।
सुन तस्करीमा दोषी ठहर भएर जेलमा उनी केन्द्रीय कारागार जगन्नाथ देवलबाट १३ कात्तिकमा छुटेका हुन् । अदालतले तोकेको १४ महिना सजाय भुक्तान गरेर उनी छुटेका हुन् ।
राहुललाई २०८० भदौ १३ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
जिल्ला अदालत काठमाडौंले चार विभिन्न आधार र तथ्यको विश्लेषण गर्दा राहुल महरा विद्युतीय चुरोट (भेप) बाट सुन तस्करी गरेको घटनामा संलग्न देखिएको प्रारम्भिक निष्कर्ष निकाल्दै उनलाई थुनामा पठाउन आदेश दिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस