एमाले सांसदको नाराबाजीबीच विनियोजन विधेयक पारित
खबर एक्सप्रेस
२०७८-०६-०४ १२:०५ मा प्रकाशित
Total Shares: 229
काठमाडौं - एमाले सांसदको नाराबाजीबीच विनियोजन विधेयक २०७८ प्रतिनिधिसभा बैठकबाट पारित भएको छ ।
नाराबाजीबीच बैठकलाई कार्यसूचीमा प्रवेश गराएका सभामुख अग्निप्रसाद सापकोटाले विधेयक निर्णायर्थ प्रस्तुत गरेका थिए । सो विधेयक बहुमतले पारित भएको हो । बैठक सुरु हुनुअघि नै एमालेका सांसदहरूले नाराबाजी गरिरहेका छन् ।
यसअघि नेमकिपा सांसद प्रेस सुवालले विनियोजन विधेयक २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीका प्रस्ताव पेस गरेका थिए ।
त्यसपछि अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएका थिए । त्यसलगत्तै सभामुखले विधेयक निर्णायर्थ प्रस्तुत गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस