काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । 

विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो ।

नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

बोर्डले इजी सर्भिस प्रालिबाट ३४९४९, आकाश टेक प्रालिबाट ३१००१ र जानकी टेक्नोलोजी प्रालिमार्फत् ३५००१ मा एसएमएस गरेर नतिजा हेर्न सक्ने जनाएको छ । यस्तै, नेपाल टेलिकममार्फत् १६०० एनसीएलबाट १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिनेछ । 

नतिजा बोर्डको अफिसियल बेवसाइट, नेपाल टेलिकम र एनसेलको वेबसाइटबाट पनि सार्वजनिक भएको छ ।

नतिजा हेर्न सकिने वेबसाइटहरु:-

www.see.gov.np

www.neb.gov.np

www.theconnectplus.com

www.see.edusanjal.com 

www.see.ntc.net.np 

www.ricell.axiata.com