काठमाडौं - हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

हाल देशका पहाडी भूभागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली  रहेको छ।

दिउँसोː देशका पहाडी भूभागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भूभागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जनचट्याङ्ग सहित हल्काक्षणिक वर्षाको  सम्भावना रहेको छ।

रातीː   देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। गण्डकी र सुदूरपश्चिम  प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जनचट्याङ्ग सहित हल्का क्षणिक वर्षाको  सम्भावना रहेको छ।