मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्विकृत
काठमाडौं, सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।
शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेकपा कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो ।
शाहीविरुद्ध अविश्वासको प्रस्तावको पक्षमा शून्य मत परेको एक नेताले जानकारी दिए । तर, प्रस्ताव दर्ता गराउने कुनै पनि सांसदहरु बैठकमा उपस्थित थिएनन् ।
यसअघि २५ असोजमा नेकपाकै नेता यामलाल कँडेलसहित १८ जना प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर पछि नौ जनाले अविश्वासको प्रस्ताव फिर्ता लिएका थिए । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका ३३ सांसद छन् ।
फेसबुक पेज Like गर्नुहोस