काठमाडौं - आइतबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभा विघटन गर्ने सिफारिश गरेको छ।

आज आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । तर, नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

सत्तारुढ दलभित्रै अल्पमतमा रहेका प्रधानमन्त्रीको राजीनामाको माग चर्किरहेका बेला संसद अधिवेशन माग भएपछि प्रधानमन्त्रीले प्रतिनिधि सभा नै विघटन गर्ने कदम चालेका हुन्।