आज राष्ट्रिय सभाको बैठक बस्दै
काठमाडौं - आज राष्ट्रिय सभाको बैठक बस्दै छ । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत आज नयाँ बानेश्वरस्थित अन्तर्राष्टि सम्मेलन केन्द्रमा बैठक बस्न लागेको हो ।
दिउँसो १ बजे बस्न लागेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मधेशी आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश गर्ने कार्यतालिका रहेको छ । यस्तै, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गतका विषयगत समितिमा सदस्यको नाम मनोनयनको लागि प्रस्ताव गर्ने कार्यतालिका पनि रहेको छ ।
यसअघि पुस १७ को बैठकमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र र मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी हेरफेर सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाएका थिए । बैठकमा दलीय प्रतिनिधित्वका आधारमा दलका नेताहरुले सम्बोधन गरेका थिए ।
हिउँदे अधिवेशनको पहिलो बैठकमा नेताहरुले प्रतिनिधि सभा विघटनको विरोध गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस