मोरङ ३ को (१) मा मानबहादुर लिम्बूले मनोनयन दर्ता गरे
खबर एक्सप्रेस
२०७९-०७-२४ ०२:१९ मा प्रकाशित
Total Shares: 224
विराटनगर - मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेश सभाका लागि नेपाली कांग्रेसका तर्फबाट मानबहादुर लिम्बूले उम्मेदवारी दर्ता गरेका छन्।
सो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि कांग्रेसले उनको स्थानमा बेलबारी नगरपालिका– ८ का लिम्बुलाई टिकट दिएको थियो। लिम्बूले बेलबारीस्थित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।
लिम्बू कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन्। उम्मेदवारी दिएसँगै लिम्बुले अब नेकपा एमालेबाट उम्मेदवार बनेका दिलीप राईसँग उनले प्रतिस्पर्धा गर्ने छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस