काठमाडौं - कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले चिनियाँ राष्ट्रपति सीको भ्रमणको स्वागत गर्दै मुलुकको आवश्यक्तालाई हेरेर सम्झौता गर्न सरकारलाई सुझाव दिए ।

चिनियाँ राष्ट्रपति सीको नेपालको राजकीय भ्रमण आगामी शनिबार र आईतबार हुँदैछ । सोही विषयमा केन्द्रित भएर बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता महतले नेपालले कुनै पनि मुलुकसँग ऋण सहायता लिँदा विश्व बैंक, एशीयाली विकास बैंकको भन्दा कम ब्याजदरमा लिनुपर्ने बताए ।

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपालमा राजकीय भ्रमण हुन लागेको हो । राष्ट्रपति विद्या भण्डारीको मैंत्रीपूर्ण निमन्त्रणामा हुन लागेको चिनियाँ राष्ट्रपति सीको राजकीय भ्रमणका क्रममा रेल सेवा विस्तारका लागि सम्झौता गर्ने सरकारको तयारी छ ।