काठमाडौं - एएफसी महिला एसियन कप सन् २०२६ को छनोटअन्तर्गत निर्णायक खेलमा नेपालले आज उज्वेकिस्तानसँग खेल्दैछ ।

खेल उज्वेकिस्तानको तास्केन्तमा रहेको बुनयोदकोर रङ्गशालामा नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ ।

समूह ‘एफ’ मा रहेको नेपाल तीन खेलमा छ अङ्कसहित तालिकाको दोश्रो स्थान र समान खेलमा छ अङ्क नै बनाएको उज्वेकिस्तान शीर्ष स्थानमा छ ।

आज हुने समूह चरणको तेस्रो तथा अन्तिम खेलको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एसियन कप खेल्नेछ ।

पछिल्लो फिफा वरियतामा नेपाल एक सयौं स्थानमा रहँदा उज्वेकिस्तान ५१औं स्थानमा छ । आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० र दोश्रो खेलमा श्रीलङ्कालाई ८–० गोलले हराएको थियो ।

यस्तै उज्वेकिस्तानले पनि आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई १०–० र लाओसलाई ७–० गोलले हराएको थियो । दुवै टोलीले गोल नखाइकन समान १७ गोल गरेका छन् ।