ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्डको अभ्यासले समस्या आयो : ईश्वर पोखरेल
काठमाडौं - उपप्रधानमन्त्री ईश्वर पोखरेलले अब नेकपा अपडेटेड भएर अघि बढ्नुपर्ने ऐतिहासिक क्षण आएको बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटसले लेख्दै पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ढाडमा टेकेर टाउकोमा हान्ने अभ्यास जिम्मेवार रहेको आरोप लगाएका छन्।
'आफू अनुकूल वातावरण बनाउने वा वातावरण अनुकूल बनेको ठानेर पूर्व समूहहरूमा लामै समयदेखि रहँदैआएको गुटवन्दी वा अन्तर्विरोधहरूलाई उपयोग गरेर नयाँ ‘समिकरण’ बनाउने - सन्दर्भ समूह बनाउने - र त्यसकै बलमा ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ पुष्पकमल दाहाल ‘ प्रचण्ड ‘ ले लामै समयदेखि आफूमा हुर्काउँदै ल्याएको अवसरवादी, अविश्वसनीय र आपराधिक अभ्यासका कारण त्यो साझा सहमती अघि बढ्न सकेन, कार्यान्वयन हुन सकेन । त्यसका कारणले सिर्जना हुनपुगेको राजनीतिक अस्थीरताको झण्झावात , अराजकता र उद्दण्डताको सिलसिलाको शंखघोष हुनथाल्यो जुन मुलुकका लागि अत्यन्त अपशकुन वा दुर्भाग्यको गंभीर संकेत बन्न पुग्यो ।' पोखरेलले लेखेका छन् ।
फेसबुक पेज Like गर्नुहोस