जनकपुरमा गोली चल्यो, एक जनाको मृत्यु
खबर एक्सप्रेस
२०७६-०७-०६ ११:०० मा प्रकाशित
Total Shares: 857
जनकपुरधाम - बुधबार बिहान धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियामा गोली चलेको छ । पंकज चौधरी नाम गरेका व्यक्तिले गोली चलाउँदा एकजनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार पंकजले हानेको गोली लागि मनोज साह नाम गरेका व्यक्तिको मृत्यु भएको हो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिएका छन् । जनकपुर अस्पतालमा मृतक साहको शव राखिएको प्रहरीले जानकारी दिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस