काठमाडौं, एजेन्सी - बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पुन कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन् । बिहीबार सामुहिक रुपमा बसेको बैठकपछि ५ जनामा कारोना संक्रमण पुष्टि भएसँगै जोनसन पनि कन्ट्रयाक्ट ट्रेसिङमा परेका हुन् ।

अहिले उनी सेल्फ आइसोलेशनमा बसेको बेलायती समाचार माध्यमहरुले जनाएका छन् । उनलाई गत मार्चमा कोरोना भाइरस संक्रमण भएको थियो । 

संक्रमणपछि उनको स्वास्थ्य अवस्था अति नै चिन्ताजनक भएको थियो । तर आइशियूमा राखेर निरन्तर गरिएको उपचारपछि उनी बाँच्न सफल भएका थिए ।