जेसिबीको ठक्करबाट एक बालकको मृत्यु
खबर एक्सप्रेस
२०७६-०६-०५ ११:०० मा प्रकाशित
Total Shares: 419
चरिकोट - दोलखाको बिगु गाउँपालिका–८ चिलङ्खामा जेसिबीको ठक्करबाट एक बालकको ज्यान गएको छ ।
बिगु गाउँपालिका–८ चिलङ्खास्थित झोरुङसोरुङ सावा सडकखण्डको बाटो मर्मत गर्ने क्रममा शनिबार ४ बजे ठक्कर दिँदा रोजन खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
बिगु गाउँपालिका–५ चिलङ्खा घर भई सोरुङमा व्यवसाय गरी बसेका रमेश खड्काका चार वर्षीय छोरा रोजन खड्कालाई जेसिबीले ठकर दिएको र घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक रमेश बोहोराले जानकारी दिए।
मृतक बालकको शव परीक्षणका लागि चरिकोट ल्याइएको र ठक्कर दिने बा३क १२०६ नंको जेसिबी ब्याक लोडर सिङ्गटी प्रहरीको नियन्त्रणमा रहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस