काठमाडौं - सर्वोच्च अदालतमा (हेर्दाहेर्दै) मा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको बहस सुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाई सुरू भएको हो ।

आजदेखि संवैधानिक इजलासमा बहस गर्ने अधिवक्ताहरुले १५ मिनेट समय पाउनेछन् ।