काठमाडौं-स्वास्थ्य उपचारका लागि भन्दै हाजिरी जमानीमा छुटेका राप्रपाका महामन्त्री धवल शम्शेर राणा सोमबार आन्दोलनमा सहभागी भएका छन् ।

राप्रपा नेपालले सोमबार भृकुटीमण्डपमा आयोजना गरेको प्रदर्शन र सभामा राणा पनि सहभागी भएका हुन् ।

स्वास्थ्य उपचारका भन्दै उनी यही वैशाख ७ गते हाजिरी जमानीमा छुटेका थिए ।

उनीसँगै पक्राउ परेका राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने थुनामै छन् ।

चैत १५ गते राजावादीहरुले काठमाडौंको तीनकुनेमा आयोजना गरेको हिंसात्मक आन्दोलनमा सहभागी धवलशम्शेर र रवीन्द्र मिश्र लाई प्रहरीले पक्राउ गरेको थियो ।