काठमाडौं - सुनसरीको बराहक्षेत्र– ७ बोराबाधबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका– ५ का २८ बर्षीय राम कुमार यादब र सोही स्थानका २३ बर्षीय श्रमण कुमार चौधरी  रहेका छन् ।

बुधबार साँझ ६ बजे विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी गस्ती टोलीले को ४ प ३३६६ नम्बरको मोटरसाईलमा सवार गरी आएका दुबै जनालाई नियन्त्रणमा लिएको थियो । 

नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा ३ ग्राम २२ मिलिग्राम खैरो हिरोईन ब्राउनसुगर लागुऔषध फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

यसरी लागुऔषध सहित पक्राउ परेका दुबै जना उपर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट कानुनी कारबाही अगाडि बढाईएको छ ।