भारत तीन हप्ता लकडाउनमा, घरबाट निस्कन बन्देज
खबर एक्सप्रेस
२०७६-१२-१२ ०६:५० मा प्रकाशित
Total Shares: 382
काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई कोरोना भाइरसबाट बचाउन पूरै देशलाई लकडाउनको घोषणा गरेका छन्।
यसअघि भारतका केही राज्यमा लकडाउन लागू भएकोमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि मंगलबार राति १२ बजेदेखि लागू हुने गरी लकडाउनको घोषणा गरेका हुन्। यो समयमा घरबाट बाहिर निस्कन पाइने छैन।नेपालमा मंगलबारबाट लकडाउन लागू भइसकेको छ।
मोदीले यसलाई एक किसिमको कर्फ्यू भनेका छन्। उनले भने, ‘राति १२ बजेदेखि २१ दिन घरबाहिर ननिस्कनुस्। २१ दिन घरबाहिर निस्कनु भयो भने, मुुलुक २१ वर्ष पछाडि धकेलिने छ। एउटा लक्ष्मणरेखा कोर्नुस् र उक्त लक्ष्मणरेखाबाट बाहिर ननिस्कनुस् । ’
फेसबुक पेज Like गर्नुहोस