अष्ट्रेलियाबाट आज २५९ नेपाली काठमाडौं फर्किंदै
काठमाडौं - आज मंगलबार अस्ट्रेलियाबाट २ सय ५९ नेपाली काठमाडौं ल्याइदैँ छ । कोरोना महामारीको कारण विदेशमा अलपत्र रहेकाको उद्दारको क्रममा अस्ट्रेलियाबाट पहिलो उडानअन्तर्गत नेपाल एयरलाइन्सबाट नेपालीलाई ल्याउन लागिएको हो ।
जहाजमा न्यजिल्याण्डका ११ नेपाली पनि फर्किने छन् । उनीहरु नेपाल फर्किन मंगलबार बिहानै अस्ट्रेलिया विमानस्थल आइपुगेका छन् ।अस्ट्रेलियास्थित नेपाली दूतावासका अनुसार सिड्नीबाट नेपाली यात्रु बोकेर जहाज १ बजे उड्ने छ।
अस्ट्रेलियाबाट नेपाल फर्किन १३ सय जनाले फाराम भरेका छन्। तीमध्ये पहिलो चरणमा आज २ सय ५९ जनालाई काठमाडौं पठाउन लागिएको दूतावासले जानकारी दिएको छ।
फर्किने नेपाली आफैंले भाडा तिर्नुपर्नेछ। प्रतियात्रु भाडा २ हजार ३ सय ५० अस्ट्रेलियन डलर तोकिएको छ। दूतावासका अनुसार नेपाली उद्धारका लागि अब दोस्रो उडान जुन २७ मा मेलबर्नबाट हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस