कुबेतबाट फर्किएका धरानका दुई महिलामा कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०३-०९ १२:३२ मा प्रकाशित
Total Shares: 460
विराटनगर - विदेशमा अलपत्र रहेका नेपालीको उद्दार अन्तर्गत कुबेतबाट फर्किएका दुई महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
केहि दिनअघि फर्किएर सुनसरीको धरान-१७ स्थित एन्फा एकेडेमीको क्वारेन्टिनमा रहेका ४३ वर्षीया र ३७ वर्षीया महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय प्रदेश १ स्रोतले बताएको छ ।
उनीहरुलाई अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा सारिएको बताइएको छ । उनीहरु धरानकै बासिन्दा हुन् ।
एन्फा क्वारेन्टिनमा रहेका ४५ जनाको स्वाब परिक्षण गर्दा ती महिलामा संक्रमण देखिएको हो ।
फेसबुक पेज Like गर्नुहोस