काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूसँग भएको सहमतिका आधारमा असार १५ अघि नै विद्यालय शिक्षा ऐन जारी गर्ने तयारीमा रहेको दाबी गरेका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पन्तले यस्तो दाबी गरेका हुन् ।

उनले आगामी असार १५ भित्र नयाँ विद्यालय शिक्षा ऐन २०८२ जारी गर्ने सहमतिअनुसार त्यसअघि नै ऐन जारी गर्ने तयारीमा रहेको बताए ।

विद्यालय शिक्षा विधेयकमा समेट्न सकिने विषयमा सन्दर्भमा आफूहरू शिक्षक महासंघसंग निरन्तर वार्तामा रहेको उनको भनाइ छ ।