चिनियाँ अर्बपति ज्याक मा पछिल्लो दुई महिनादेखि बेपत्ता
काठमाडौं,एजेन्सी - चिनियाँ अर्बपति ज्याक मा हराएको आशंका गरिएको छ । दुई महिनादेखि सार्वजनिक रूपमा नदेखिएपछि उच्च प्रोफाइलका व्यवसायी मा हराएको आशंका गरिएको हो । डेली मेलले ज्याक माबारे समाचार प्रकाशित गरेको छ।
समाचारका अनुसार अलिबाबाका संस्थापकसमेत रहेका ज्याक अफ्रिका बिजनेस हिरोज र नोभेम्बरमा भएको ट्यालेन्ट सोको फाइनललगायतका उपस्थित भएका थिएनन् । ट्यालेन्ट सोमा अलिबाबाका अर्का अधिकारी उक्त सोमा निर्णायक भएका थिए। अच्चमको कुरा छ भने ज्याकको तस्बिर वेबसाइटबाट समेत हटाइएको छ ।
कोरोना महामारीका बेला विभिन्न मुलुकमा स्वास्थ उपकरण र अन्य सामग्रीहरू दिँदै आएका मा आफ्ना गतिविधिबारे ट्वीटरमा अपडेट गरिरहन्थे।
अक्टोबर १० पछि भने उनले कुनै ट्वीट गरेका छैनन्। उनी पछिल्लो समय चिनियाँ कम्युनिष्ट पार्टीको आलोचना गर्दै आएका थिए ।
फाइनान्सियल टाइम्सका अनुसार ज्याक माको विशाल व्यापार समूह 'एन्ट' चिनियाँ सरकारको नियन्त्रणमा छ, अक्टोबर २४ मा जब चीनको नियामक प्रणालीलाई रोक्न खोजेका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस