विश्वकप लिग–२ का लागि नेपाली टिमको घोषणा
खबर एक्सप्रेस
२०८२-०१-२७ ०६:४९ मा प्रकाशित
Total Shares: 25
काठमाडौं - आगामी जुनमा स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली टिमको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आज नेपाली टिमको घोषणा गरेको हो ।
नयाँ प्रमुख प्रशिक्षक स्टुअर्ट लले जिम्मेवारी सम्हालेपछि घोषणा गरिएको टोलीमा पुरानै खेलाडीले निरन्तरता पाएका छन्।
क्यानले गरेको घोषणामा कप्तानमा रोहितकुमार पौडेल छन्। उपकप्तानको जिम्मेवारी अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई दिइएको छ।
लिग-२ को खेल जेठ १९ देखि हुनेछ भने टी-२० सिरिज असार २ देखि सुरु हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस