भारतको बिहारमा कोरोना भाइरसको कारण एक युवकको ज्यान गयो
खबर एक्सप्रेस
२०७६-१२-०९ ०३:४० मा प्रकाशित
Total Shares: 372
काठमाडौं - छिमेकी राष्ट्र भारतको बिहार राज्यमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट एक युवकको ज्यान गएको छ । बिहारमाको राजधानी पटनाको एम्स अस्पतालमा उपचार गराइरहेका ३८ वर्षीय युवकको ज्यान गएको हो ।
उक्त युवकल कतारबाट फर्किएका थिए । उनमा कोरोनाको संक्रमण भएको पाइएपछि अस्पताल भर्ना गरिएको थियो । यस्तै, बिहारको एनएमसीएचमा अर्का एक जना कोरोना सङ्क्रमितलाई आइसोलेशनमा राखिएको छ । उनी केही समयअघि स्कटल्याण्डबाट फर्किएका थिए ।'
योसँगै भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ६ जना पुगेको छ भने संक्रमितको संख्या ३३२ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस