काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् ।

बुधबार बिहान प्रधानमन्त्री ओली शितल निवास पुगेको स्रोतले बताएको छ । आज दिउँसोको लागि तय भएको नेकपाको सचिवालय बैठक र मन्त्रिपरिषद् बैठकअघि उनी शितल निवास पुगेका हुन् । बैठकको सन्दर्भमा प्रधानमन्त्री ओलीको शीतल निवास दौडलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

मंगलबार पनि प्रधानमन्त्री ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिसँग छुट्टाछुट्टै भेट गरेका थिए । ओली बैठक सार्ने पक्षमा छन् भने प्रचण्ड बैठक सार्न पनि बैठक नै बस्नु पर्ने अडानमा छन् ।