काठमाडौं - काठमाडौं स् शनिबार देशका विभिन्न भू-भागमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा औसत स्थानभन्दा केहि दक्षिण तर्फ सरेको छ।

मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

शनिबार दिउँसो देशभरी सामान्य बदली रहि  सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। 

राति देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। मध्य र पश्चिमका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। पश्चिमी भू-भागमा यात्रा गर्दा सर्वसाधारणलाई सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।