भोटेबहालमा इनारमा डुबेको अवस्थामा दुई जना मृत फेला
खबर एक्सप्रेस
२०८०-०३-११ ११:४२ मा प्रकाशित
Total Shares: 159
काठमाडौं-काठमाडौंको भोटेबहालमा इनारमा डुबेको अवस्थामा दुई युवक मृत भेटिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार आज बिहान साढे ८ बजे उनीहरू इनारमा डुबेको अवस्थामा मृत भेटिएको हो।
मृत्यु हुनेहरूमा झापाका ३६ वर्षीय दिपने लिम्बू र सिन्धुलीका २२ वर्षीय जितेश गुरूङ रहेका छन्। उनीहरू नजिकैको घरमा रङ लगाउन पुगेका थिए। पानी तान्ने क्रममा मोटर इनारमा खसेपछि मोटर निकाल्ने क्रममा डुबेका हुन्।
सुरुमा मोटर निकाल्न दिपेन पहिला इनारमा गएका थिए। दिपेन डुबेपछि उनलाई बचाउन जाँदा जितेशको पनि डुबेर मृत्यु भएको एसपी रिजालको भनाई छ।
फेसबुक पेज Like गर्नुहोस