काठमाडौं - पोखरा निबासी निकेश श्रेष्ठको अष्ट्रेलियामा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ । बुधबार ब्रिसबेन नजिकैको स्ट्राटब्रुक आईल्याण्डमा रहेको समुद्र किनारमा पौडी खेल्ने क्रममा उनको मृत्यु भएको हो ।

मृतक श्रेष्ठको शवलाई घटनास्थल नजिकै राखिएको छ ।  यस घटनाबारे हिजो साँझदेखि खबर आउन शुरु भएपनि आज बिहान मात्रै  नेपाली दुताबास क्यानबेरा र एन आर एन अष्ट्रेलिया लगायत सम्बन्धित निकाय र समुदायमा खबर पुगेको छ ।

मृतक श्रेष्ठको शव भोली बिहान ब्रिसबेन ल्याइने र नेपाल पठाउने प्रक्रिया पुरा हुन अरु १०–८ दिन लाग्न सक्ने बताइएको छ ।

 उक्त शव नेपाल पठाउने कार्यमा एन आर एनका पदाधिकारीहरु अमृत खत्री, शम्भु गैसे, अतुल खड्का, पत्रकार सरल गुरुङ खटिएका छन् ।

मृतक श्रेष्ठ अध्ययन गर्ने विश्वबिद्यालयमा यो घटना जानकारी भइसकेको र त्यहाँ बाट पनि आवश्यक सहयोग र समन्वय प्राप्त हुने बताइएको छ ।