ट्रम्पको दाबी : 'इरानसँग युद्ध अन्त्य सम्झौता अन्तिम चरणमा पुगेको छ'
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यसहित तयार गरिएको प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरेका छन्।
अमेरिका, इरान र मध्यस्थ गरिरहेका राष्ट्रहरूबीच वार्ताका अधिकांश विषयमा सहमति भइसकेको र अब केवल अन्तिम रूप दिन बाँकी रहेको ट्रम्पको दाबी छ ।
अमेरिका इरान युद्धविराम गम्भीर मोडमा पुगेपछि युद्ध अन्त्यको अन्तिम प्रयन्त गर्न पाकिस्तानी सेना प्रमुख असिम मुनिर तेहरान गएका थिए। उनले त्यहाँ राजनीतिकसँगै सैन्य नेतृत्वहरूसँग कुरा गरेका थिए।
ट्रम्पले अधिकांश विषयमा सहमति भइसकेको भनेर आइतबार घोषणा गरेका हुन्।
प्रस्तावित ढाँचाअनुसार अमेरिका र इरानबीच ३० दिनको प्रारम्भिक वार्ता अवधि रहनेछ भने आवश्यक परे यो अवधि एक महिनासम्म थप गर्न सकिने व्यवस्था पनि रहने बताइएको छ।
वालस्ट्रिट जर्नलका अनुसार यो प्रारम्भिक सम्झौताको मुख्य उद्देश्य युद्ध रोक्ने, अस्थायी कूटनीतिक ढाँचा स्थापना गर्ने र विश्व तेल आपूर्तिको प्रमुख मार्ग स्ट्रेट अफ हर्मुज सञ्चालनमा ल्याउने हो।
'अमेरिका, इरान र मध्यस्थ राष्ट्रहरूबीच अधिकांश सर्तमा सहमति भइसकेको छ, अन्तिम विवरण छिट्टै सार्वजनिक गरिनेछ,' ट्रम्पले भनेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस