कालिकोटमा खाद्यान्न बोकेको ट्याक्टर दुर्घटना, चालकसहित चार जनाको मृत्यु
खबर एक्सप्रेस
२०८२-०१-०८ ०८:०० मा प्रकाशित
Total Shares: 61
कालिकोट - कालिकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
आइतबार राति पलाँता गाउँपालिकाको थिर्पूबाट खाद्यान्न लिएर खिन, धौलागोह जाँदै गरेको ट्याक्टर लार्फ गाउँ नजिक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
मृतकमा पलाँता गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीया अम्मा शाही, वडा नम्बर ४ का ३८ वर्षीया सदु बुढा, सोही वडाका २३ वर्षीया रविन्द्र विश्वकर्मा र ट्याक्टर चालक मुगुको खत्याडका चन्द्रप्रकाश रोकाया रहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर दुई सय मिटर तल खसेको थियो ।
फेसबुक पेज Like गर्नुहोस