राष्ट्रपतिले गरे विश्वविद्यालयसम्बन्धी विधेयक प्रमाणीकरण
खबर एक्सप्रेस
२०८१-०६-२३ ०३:२० मा प्रकाशित
Total Shares: 136
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा २ बमोजिम ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ आज बुधबार प्रमाणीकरण गरेका हुन्।
संघीय संसद्का दुवै बैठकबाट पारित भएर आएसँगै राष्ट्रपतिले प्रमाणीकरण गरेका हुन्।

.gif)




फेसबुक पेज Like गर्नुहोस